Deepawali Tips

Deepawali Tips 2018-11-27T15:27:17+00:00

world history research paper topics
हिन्दुहरूको महान चाड तिहारलाई काग तिहार , कुकुर तिहार , गाई तिहार /लक्ष्मी पूजा , गोबर्धन पूजा र भाई टीका गरि ५ दिन यमपन्चकका रूपमा मनाईन्छ । सनातन कालदेखि नै यो पर्वलाई उज्यालो, हर्षोल्लास र रङ्गीन पर्बको रूपमा मनाईन्छ । हरेक बर्ष बिक्रम सम्वत क्यालेन्डर अनुसार कार्तिक कृष्ण त्रयोदशीका दिन शुरू गरि कार्तिकशुक्ल द्वितीयाको दिन भाईटीका गरि यो चाडलाई सम्पन्न गरिन्छ । तेस्रो दिन औँसीको रातमा दिपावली गरि लक्ष्मीपूजा गरिने भएकोले यो चाडलाई धनकि देवी लक्ष्मीको उत्सबको रूपमा हेरिन्छ । बिष्णु भगवान समुन्द्र मन्थन पछि माता लक्ष्मीलाई साथमा लिई बैकुण्ठ फर्केको प्रसङ्ग , रावणमाथि बिजय प्रप्त गरि सीतासहित राम अयोध्य फर्केको , नरकासुर बध गरि नरकासुरका बन्धकमा रहेका १६ हजार कन्यालाई कृष्णले मुक्त गरेको आदि प्रसङ्गहरूसङ्ग जोडेर हेरिएको छ । मौसम अनुसार अन्नपात घर भित्र्याईने अन्नबाळीको प्रचुरताले आनन्द र सम्पन्नताको महसुस गरिने हुँदा सम्पन्नताको देवीको पूजा उपासना गरि आउँदो सालमा पनि उनको कृपाको लागि आब्हान गरी नयाँ आर्थिक बर्षको आरम्भ गरिन्छ । हामीकहाँ श्रावण १ बाट नयाँ अार्थिक बर्ष शुरू गरिएता पनि सनातन सँस्कृतिका हिसाबले यो दिन नयाँ अार्थिक बर्षको शुरुवात गर्ने दिन हो ।

शुभ मुहुर्त : ज्योतिषीय पन्चाङ्ग अनुसार यसपालीको लक्ष्मीपूजा बिहान सुर्योदयो पश्चात् ६:२३-७:४३ लाभयोग ७:४४-९:०४ बजेसम्म अमृतयोग / बिहान १०:२६-११:४७ सम्म शुभयोग / अपरान्ह १५:५०-१७:११ सम्म लाभयोग / बेलुका १८:५०-२०:२९ शुभयोग / २०-३०-२२:०८ways to make your paper longer
बजेसम्म अमृतयोग रहेकोले आफ्नो अनुकुलता हेरी यी समयमा घर तथा अफिसमा लक्ष्मीपूजा गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा यश बर्ष लक्ष्मीको प्रवेश पश्चिम दक्षिण पश्चिम / पश्चिम दिशाबाट हुने देखिन्छ भने पूर्ब दक्षिण ( आग्नेय ) कोणवाट प्रशस्त लाभ हुने देखिन्छ । तपाईहरूले यसबर्ष लक्ष्मीको कृपा पाउँनको लागि पश्चिम दक्षिण पश्चिम / पश्चिम र आग्नेय कोणलाई विशेष रूपमा स्वच्छ राख्नुपर्ने हुन्छ । साथमा धन सङ्कलनको लागि उत्तर दिशा र सही निर्णयको लागि ईशान कोणलाई स्वच्छ राख्नुहोस् । राजनीतिज्ञ , सरकारी कर्मचारी र सामाजिक सम्बन्धबाट लाभ लिनुपर्ने पेशाले पुर्व दिशालाई स्वच्छ राख्नुहोस् । सामान्य परिवारले पश्चिम दक्षिण पश्चिम /ब्यापारीले पश्चिम र जागिरको खोजीमा रहेकाले उत्तर दिशा / परामर्शदाताले ईशान कोणलाई स्वच्छ राख्नुहोस् । यसबर्ष तपाईहरू पश्चिम दक्षिण पश्चिम / पश्चिम वा आग्नेय मध्ये कुनै एक स्थानमा लक्ष्मीपूजाको मण्डपलाई सजाई पूजा गर्न सक्नुहुनेछ । चित्रमा देखाईए अनुसार आफ्नो घरमा विभिन्न दिशाक्षेत्रहरू पहिचान गरि सोही अनुसारको व्यबस्था गरि लक्ष्मीपूजा गर्नुहोस् । विभिन्न दिशाहरु नै जीवनका विभिन्न आयामका घोतकहरू हुन् । जीवनमा दिशाहीनताको अन्त्यको लागि आफ्ना घरमा कुन दिशाक्षेत्र कहाँ पर्दछ भनी पहिचान गर्न जरूरी छ ।

घरको मध्यभागमा ठूलो तामा/ पित्तल वा माटोको दियो राख्नुहोस् जुन पूरा रातभर बलोस् ।
  • त्यस्तै लक्ष्मीपूजाको स्थानमा एउटा दियो राख्नुहोस् जुन रातभर बलिरहोस् ।
  • पूर्वदक्षिणलाई सफा बनाउनुहोस् । नीलो रङ्गहरू र पानीको स्रोतहरु त्यहाँ बाट हटाउनुहोस् तर कलश तथा पानीका भाँडाहरू राख्नसक्नुहुनेछ। अब पूजाको लागि यश क्षेत्रमा पूजामण्डप सजाउनुहोस् ।
  • दक्षिण पश्चिममा सुनौलो फ्रेममा परिवारको हर्षित मुद्राको तस्वीर राख्नुहोस् ।
  • पश्चिम दक्षिण पश्चिममा कन्तुर वा खुत्रुके राख्नुहोस् ।
  • पश्चिम बिशेषत: सफा राख्नुहोस् । यश बर्ष तपाईं पश्चिम वा पश्चिम दक्षिण पश्चिममा पनि लक्ष्मीको मण्डप सजाई पूजा गर्न सक्नुहुनेछ ।
  • व्यापारी बर्गले बैँक डकुमेन्ट बायब्यामा राख्नुहोस् ।
  • वायब्य र उत्तरको बीचमा दौडिरहेको सेतो घोडाको जोडा राख्नुहोस् ।
  • उत्तरमा हरियो घाँसे मैदानको चित्र राख्नुहोस् ।

सर्वप्रथम घर वा अफिसको सरसफाइमा जुट्नुहोस् । कुनाकुनाका फोहोरहरू हटाउनुहोस् । महिनौँ बर्षौदेखि रहेका कामनलाग्ने वस्तुहरू हटाउनुहोस् । ती वस्तुहरू जस्लाई हामी कुनै समयमा काम लाग्न सक्छ भनी साँचेर राख्छौ , त्यस्ता वस्तुहरू जो सहज रूपमा पाईन्छन् र कुनैबेला आवश्यकता परिहालेमा किन्दा पनि महँगो पर्दैन र खासमा प्रयोगमा पनि नरहेका वस्तुहरूलाई हामीले साँचेर राख्दा त्यस्ले यउटा स्टोरको रूप लिन्छ भने यस्ता वस्तुमा शनिको वास हुन्छ र यस्लाई हटाउनाले मनमस्तिष्कमा वास गरेका दुख कष्ट र दुर्भावना हट्दछन् ।

दिपावलीको समयमा गरिने वा गर्नुपर्ने अर्को कार्य हो रङ्गरोगन । यदि तपाईं आफ्नो घरका भित्ताहरू फोहोर भैसकेकोले अरू कारणले रङ्ग परिवर्तन गर्ने सोचाईमा हुनुहुन्छ भने दिपावळी उपयुक्त समय हो । घरका भित्ताहरू फोहोर हुँदा मनका भित्ताहरू पनि फोहोर हुन्छन् भने घरमा लगाईएका रङ्गहरू यदि वास्तुका दिशा अनुरूप छैनन् भने पनि दोषयुक्त हुन्छन् ।

जस्तै पूर्ब दक्षिणमा नीलो रङ्गले पेमेन्ट रिकभरीलाई बाधा दिन्छ भने दक्षिण दक्षिण पूर्ब दिशामा नीलो रङ्ले आत्मविश्वासमा ह्रास तथा सरकारी क्षेत्रबाट समस्या दिन्छ अर्थात आगोको दिशामा पानीको कलर हुन्न वा गलत हुन्छ भने त्यस्तै विविध दिशाका गुणधर्म तथा तपाईले गर्नुपर्ने कामका आधारमा रङ्ग हुनुले तपाईका जीवनयापनमा सहजता प्रदान गर्दछ । दक्षिण पुर्ब दिशामा रातो वा रेड फेमिली कलर / हरियो / क्याडवरी जस्ता तत्व मिल्ने गरि रङ्ग छनौट गर्नु उपयुक्त हुन्छ । एकैथरीको रङ्गमा जान चाहानुहुन्छ भने हल्का पहेलो वा क्रिम कलर प्रयोग गर्नुहोस् । रङ्गले तत्व / तत्वले स्वभाव र स्वभावले जीन्दगी बनाउँछ । दिपावळीमा शान्त , हल्का कलरका, क्रिम आदि तत्व अनुसारको रङ्गहरू प्रयोग गर्नुहोस् ।

लक्ष्मीको पदचाप बनाउँने कार्य लक्ष्मीपूजाको अनिवार्य अङ्ग बनिसकेको छ । लक्ष्मीको पाईला बनाउँदा मूलढोकादेखि पाईला बनाउने बाटोहरू सफा बनाई बनाउनुपर्छ । बाहिरबाट भित्रतर्फ पदचिन्ह बनाउनुहोस् भित्रबाट बाहिरतर्फ बनाउनु हुँदैन । पदचिन्हहरु बनाईसकेपछि लक्ष्मीपूजा हुनु केही समय अघि बाहिर बसि त्यही पदचिन्हबाट लक्ष्मी घरभित्र प्रवेश गरेको कल्पना गर्नुहोस र भित्र गई लक्ष्मीपूजा शुरू गर्नुहोस् । लक्ष्मी पदचिन्ह सँगै तपाईँहरू चामलको पीठो र रङ्गहरूद्वारा रङ्गोली तथा स्वस्तकादि प्राचीन चिन्हहरू बनाउन सक्नुहुनेछ ।

आफ्ना वरीपरीका वातावरणलाई स्वच्छ आनन्दमय बनाउनुहोस् । घरमा वा घर वरिपरि रहेका गन्धहरू हटाउनुहोस् । मनमा आनन्द मानी घरका सबै परिवारले नयाँ र सफा लुगा लगाउनुहोस् । यसदिन खुशी रहनुहोस् कसैसँग क्रोध नगर्नुहोस् । भैली खेल्न आएकाहरुलाई हृदय देखि स्नेह राखी परम्परागत रूपमा नाङ्लोमा धान , त्यसमाथि चामल , फलफूल रोटी दियोमा बत्ती र नयाँ नोट मिलाइएको सौगात हृदयदेखि खुशीसाथ दिनुहोस् ।

दीप प्रज्ज्वलन दीपावलीको एक प्रमुख आकर्षणको विषय हो । आ आफ्नो घर अफिसमा बत्तीहरु बाली झिलिमिली बनाउने र उज्यालोमा रमाउने यो परम्पराको आध्यात्मिक अर्थ भने गहिरो छ । दिपावली अर्थात दीपहरूको लाईन वा समूहलाई प्रज्ज्वलित गर्दा पहिलो द्वीपबाट दोस्रो र दोस्रोबाट तेस्रो गर्दै द्वीपहरू बालिन्छ । यस्को मतलब मानिसले सर्वप्रथम आफनो ज्ञानको दियोलाई बालोस् बुध्द भन्नुहुन्छ -आप्पो दीप्पो भव: आफ्नो दीप आफै बन । आफू ज्ञानी बन सक्षम बन । मानिसले पहिले आफ्नो द्वीप बालोस् र उस्को आफ्नो दियो बलेपछि उस्ले अर्को दियो बालोस् । आफू सक्षम बनोस् त्यसपछि अर्कोलाई सक्षम बनाओस् । यसरी ज्ञान बाँढदा वा अर्कोलाई प्रकाशित गर्दा पहिलो द्वीपको उज्यालो घट्दैन अपितु वातावरणमा अन्धकार हटाउन अर्को द्वीप सहायक बनाउनुमा उस्को अझ महत्व रहन्छ । यसरी दोस्रोले तेस्रोलाई बालोस् । र तेस्रोले चौथो । मतलब एउटा द्वीपले कम्तिमा एउटा अर्को द्वीपलाई बालोस् । दीपावली औँसीको रातमा गरिन्छ । औँसीको रातमा कयौँ कार्यहरू सिध्द हुन्छन् । त्यसकारण पनि साधकहरू औँसीको रातलाई रोज्ने गर्दछन् । शुक्लपक्षमा मनको बहिर्गमन र कृष्णपक्षमा मनको अन्तर्गमन हुने गर्दछ । चन्द्रमाका कलाहरूले मनको अवस्थाहरू बताउँछ । मनको अन्तरयात्रा अर्थात आफैभित्र प्रवेश गर्नु । आफूभित्र प्रवेश गर्दै गएपछि उज्यालो अर्थात आफ्नो द्वीप प्रज्ज्वलित हुन्छ हुन्छ र त्यसपछि क्रमश: अरू द्वीप प्रज्ज्वलित गर्न सकिन्छ भन्ने यस्को अर्थ हो । घोर अध्याँरोमा पनि , अति दुख कष्ट र निराशामा पनि ज्योतिको खोजी गर्नु पनि हाम्रो परम्पराको हिस्सा हो ।